दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
सल्यान – दाइले आफ्नै भाइको हत्या गरेका छन् । सल्यानको शारदा नगरपालिका–१, श्रीनगरमा बस्ने २१ वर्षीय केशरसिंह बुढाथोकीले १४ वर्षीय आफ्नै भाइ प्रकाश बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भदौ १८ गते भाइ प्रकाशले दाइ केशरसँग ५ सय रुपैयाँ मागेको तर दाइले सय रुपैयाँ मात्रै दिन खोज्दा दाजु–भाइबीच विवाद भएको र कुटपिटपछि हत्या भएको इन्सपेक्टर भानु शर्माले बताउनुभयो ।
गएको भदौ १८ गते कोठामा प्रकाश मृत अवस्थामा फेला परेका थिए । शंकास्पद अवस्थामा मृत भेटिएपछि प्रहरीले अनुसन्धान कार्यलाई अगाडि बढाएको थियो । प्रहरीको अनुसन्धानमा दाइ केशरले भाइको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले २२ दिनपछि मंगलबार घटनाको रहस्य खुलेको भन्दै पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
अभियुक्तले बयानमा भनेका छन्, ‘भाइले मसँग पाँचसय रुपैयाँ मागेको थियोे, मैले सधैँ कति सताउँछस्, सय रुपैयाँ लैजाभन्दा विवाद भएको हो ।’ दुवैको विवाद हुँदा भाइले सुरुमा दाइको छातीमा हानेको त्यसपछि दाइले भाइको घाँटीमा दुईपटक हातले हानेर विस्तारमा लडाएको बयानमा उल्लेख गरिएको छ ।
‘विस्तारमा भाइ लडेपछि अब उसको ज्यान गयो, म फस्छु भनी टाइको पासो बनाइ भाइलाई मारेर आत्महत्या गरे जस्तो बनाएको हुँ’, उनले प्रहरीलाई बयान दिएका छन् । दुई दाजु–भाइको झगडा हुँदा केशरकी श्रीमती दीपा बस्नेत (बुढाथोकी)ले छुटाउने प्रयास गरेको तर झगडा सामान्य होला भनी ध्यान नदिएर भान्सा कोठामा खाना पकाउन गएकी थिइन् ।
सुत्ने कोठाभन्दा भान्सा कोठा अलिकती टाढा भएको र दीपाको देवरको हत्या प्रकरणमा अहिलेसम्म कुनै संलग्नता नदेखिएकोले उनलाई हाजिरी जमानीमा छोडिएको प्रहरीले जनायो । उनको पनि अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
अभियुक्त दाइलाई अहिले प्रहरी हिरासतमा राखिएको र अबको १/२ दिनमा सबै फाइलसहित जिल्ला अदालत सल्यानमा पठाइने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।