नेकपाका प्रवक्ता प्रकाण्ड रिहा, यसपटक चाहिँ प्रहरीले पक्राउ गरेन

 असोज ९, २०७५ मंगलबार १८:५२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा भएका छन् ।

सर्वोच्च अदालतले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको हो । सर्वोच्चले रिहा गर्न आदेश दिएको यो छैठौँ पटक हो । यसअघि सर्वोच्चले रिहा गर्न आदेश दिए पनि प्रहरीले अदालतको गेटबाटै उनलाई पुनः पक्राउ गरेको थियो ।  

यसपटक भने प्रहरीले उनलाई पक्राउ गरेन । प्रहरीले उनलाई दाङ, भोजपुरलगायत विभिन्न जिल्लामा पुर्याएको थियो । सर्वोच्चका न्यायाधीश अनिल कुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको हो । 

थुनामुक्त गर्न आदेश दिँदा पनि प्रकाण्डलाई पटक–पटक अदालत परिसरबाटै प्रहरीले पक्राउ गर्ने घटना दोहोरिन थालेपछि यसअघि सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता हनन् नगर्न सरकारको ध्यानाकर्षण समेत गराएको थियो ।

गृहमन्त्रालयले वार्ताका लागि टोली गठन गरेकाले विप्लव समूहका प्रवक्तालाई सरकारकै निर्देशनमा पक्राउ नगरिएको बुझिएको छ । वार्ता गर्न गठित टोलीले प्रकाण्डलाई रिहा नगर्दासम्म विप्लव समूहसँग वार्ता गर्ने वातावरण नबनेको भन्दै सर्वोच्चको आदेश पालना गर्नुपर्ने सुझाव दिएको थियो ।

वार्ता सहज बनाउन पनि प्रकाण्डलाई रिहा गरिएको बुझिएको छ । रिहा भएपछि माइतीघर मण्डला पुगेका प्रकाण्डलाई नेकपाका कार्यकर्ताले स्वागत गरेका थिए ।

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया