एसीसी यू–१९ क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा

 असोज ९, २०७५ मंगलबार १९:१९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बंगलादेशमा हुने एसीसी यू–१९ क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक विनोद दास, सुनोज भट्टराई र राजु खड्का सम्मिलित छनौट समितिले मोहमद आशिफ शेखकोक कप्तानीमा यू १९ टोलीको घोषणा गरिएको हो ।

कमलसिंह ऐरी उपकप्तान रहेको टोलीमा रोहितकुमार पौडेल, रवी साह, नन्दन  यादव, रित गौतम, पवन शर्राफ, रवीन्द्रजंग शाही, रासिद खान रहेका छन् ।

यसैगरी भीम सार्की, तिर्तराज दास, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी र सूर्य तामाङ पनि टोलीमा रहेका छन् ।

यू १९ एसिया कप क्रिकेट खेल्न नेपाली टोली बिहीबार बंगलादेश जाने छ । नेपाली टिमको म्यानेजरमा भेट्रान क्रिकेटर शक्ति गौचनलाई निरन्तरता दिइएको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया