किरा लागेको भन्दै खाद्य संस्थानको चामल फिर्ता

 जेठ २३, २०७५ बुधबार ८:२६:५ | राजु लामिछाने
unn.prixa.net

रुकुम (पश्चिम) – जिल्ला खाद्य संस्थानबाट दुर्गम क्षेत्रमा पठाएको चामलमा किरा लागेको भन्दै स्थानीयबासिन्दाले फिर्ता गरेका छन् ।

आठबीसकोट नगरपालिका वडा नं. १ र २ स्यालाखदीमा पठाएको चामल स्थानीयबासिन्दाले फिर्ता पठाएका हुन् । स्यालाखदीमा वितरणका लागि लगिएको ४० क्वीन्टल चामल म्याद नाघेको र किरा लागेको स्थानीयबासिन्दाको भनाई छ ।

स्थानीय चन्द्रमाया यरीले चामल लिन गएको र चामलमा किरा लागेको देखेपछि नलिईकन आएको बताउनुभयो । दुर्गम क्षेत्रका बासिन्दालाई झुक्याएर खाद्य संस्थानले म्याद सकिएको गुणस्तरहीन चामल वितरण गर्न खोजेको स्थानीय देबवहादुर यरीले आरोप लगाउनुभयो ।

जिल्ला खाद्य संस्थानका चन्द्र खड्काले भने चामलको गुणस्तर जाँच गरेर नै पठाएको प्रतिक्रिया दिनुभयो । उहाँले एक वर्ष खघिदेखि स्टोर गरेर राखेको चामल पठाएको स्वीकार गर्दै चालममा सामान्य घुन किरा लागेको र बोरा पुरानो भएकाले स्थानीयबासिन्दाले शंका गरेको बताउनुभयो । 

चामल फिर्ता आएपछि खाद्य संस्थान रुकुमले केन्द्रमा चामल खान मिल्न हो कि नमिल्ने भने थप जाँच गर्नका लगि अनुरोध गरेको छ । प्राविधिकको टोली दुई/तीन दिनमा रुकुम पुगेर चामलको गुणस्तर जाँच गर्ने कार्यालयले जनाएको छ । यी चामलको बोरामा चामल प्याक गरेको, प्रयोग गर्न मिल्ने मितिसमेत उल्लेख गरिएको छैन । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया