लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बंगलाचुली गाउँपालिकालाई १६ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान

 साउन २८, २०७९ शनिबार १७:४३:२८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले दाङको बंगलाचुली गाउँपालिकालाई विभिन्न प्रकारका स्वास्थ्य उपकरण दिएको छ । मन्त्रालयले करिब १६ लाख रुपैयाँ बराबरको डिजिटल स्वास्थ्य उपकरण उपलब्ध गराएको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन शुवासले जानकारी दिनुभयो  । 

अध्यक्ष पुनका अनुसार मन्त्रालयले ऐक्सरे मेसिन एउटा, ईसीजी मेसिन एउटा, प्यासेन्ट मनिटर मेसिन एउटा र यूएसजी मेसिन एउटा गरी जम्मा १५ लाख ८३ हजार ५ सय ३७ रुपैयाँ बराबरको स्वास्थ्य उपकरणहरु गाउँपालिकालाई दिएको हो ।

बंगलाचुली गाउँपालिकाले अहिले १५ शैय्याको अस्पताल निर्माण गरी सञ्चालन गरिसकेको छ । बंगलाचुली गाउँपालिकाका नागरिकलाई पालिका भित्रै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आफूहरुले हरेक प्रयत्न जारी राखेको गाउँपालिका अध्यक्ष तुल्सीराम पुनकाे भनाइ छ । अध्यक्ष पुनले भन्नुभयो, 'मैले स्वाथ्यमन्त्री ज्यूलाई अस्पतालको स्वास्थ्य उपकरणका लागि पहल गरेको थिएँ । उहाँकै सिफारिसमा अहिले सामग्रीहरु मन्त्रालयले गाउँपालिकालाई उपलब्ध गराएको हो ।'

पालिकाले सञ्चालन गरेको अस्पतालबाट हाल प्रसूति सेवा,ओपिडि सेवा, बिरामीलाई आवश्यक पर्ने नि:शुल्क औषधि वितरण जस्ता सेवा प्रदान भइरहेको अस्पतालका प्रमुख सी-अहेव अधिकृत नेवबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल बंगलाचुली अस्पतालको अन्य भौतिक निर्माणका कामहरु पनि धमाधम चलिरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया