धनुषामा हतियारसहित थप ५ जना पक्राउ

 असोज १०, २०७५ बुधबार १९:३७:३५ | शैलेन्द्र महतो

धनुषा –  प्रहरीले धनुषाबाट हतियारसहित बुधबार थप पाँच जनालाई पक्राउ गरेको छ । 

बुधबार दिउँसो नै प्रहरीले पेस्तोल र ६ राउण्ड गोलीसहित धनुषाको विदेह नगरपालिका –१, बाट कमला नगरपालिका –६, का १८ वर्षीय राजगिर महतो र कमला नगरपालिका –८, का २५ वर्षका सत्रुधन ठाकुरलाई पक्राउ गरेको थियो ।

त्यसै गिरोहका थप ५ जनालाई प्रहरीले एक पेस्तोल र त्यसमा प्रयोग हुने २ राउण्ड गोलीसहित बुधबार नै पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विदेह नगरपालिका–१, का नरेश ठाकुर, श्यामसुन्दर ठाकुर र रवीन्द्र ठाकुर रहेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो । अन्य दुईजनाको भने नाम प्रहरीले खुलाएको छैन । 

उनीहरु अन्य अपराधिक गतिविधिमा संलग्न रहेकाले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
 
यस्तै धनुषा प्रहरीले दुईकिलो एक सय ग्राम अवैध चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नगराई नगरपालिका –२, का अजय साह रहेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।

मंगलबार दिउँसो उनलाई चेकको क्रममा नगराइन नगरपालिकाको देवडिहा भन्ने ठाउँबाट पक्राउ गरेको जनाएको छ । उपरीक्षक थपलियाका अनुसार पक्राउ परेका साहलाई कारबाहीका लागि चाँदीसहित भन्सारलाई बुझाइएको छ ।  

धनुषामा एक पेस्तोल र ६ राउण्ड गोलीसहित २ जना पक्राउ

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया