वृद्धभत्ता लुट्न ‘नाति’ ले हजुरआमालाई रडले हाने

 असोज १०, २०७५ बुधबार १९:५९:३७ | चन्द्र थापा
unn.prixa.net

अछाम – साँफेबगर नगरपालिका वडा नम्बर –८, चण्डीकामा नाति पर्ने एक किशोरले वृद्ध हजुरआमालाई बुधबार गम्भीर कुटपिट गरेका छन् । 

९० वर्षीया जसु भुललाई १५ वर्षीय किशोर राजन भुलले वृद्धभत्ता लुट्ने उद्धेश्यले रडले समेत टाउकोमा हानी मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । हजुरआमाले वृद्धभत्ता ल्याएको थाहा पाएर आफूले कुटपिट गरेको र पैसा नभेटेपछि फर्केर गएको युवकले स्वीकार गरेका छन् । 

घरमा कोही नभएको र नजिकै छिमेकीसमेत नभएको मौका छोपी वृद्धालाई फलामको रडले टाउको तथा घाँटीमा गहिरो चोट हुने गरी पिटेको वृद्धाका भतिजा झंकरबहादुर भुलले बताउनुभयो । एक महिनाअघि मात्रै ती किशोरले त्यही घरबाट ११ हजार चोरेका थिए । त्यतिबेला आपसमै छलफल गरी कुरा मिलाइएको प्रहरीले जनाएको छ । 

किशोरलाई प्रहरीले आवश्यक सोधपुछ गरी निगरानीमा रहने गरी आफन्तको जिम्मा लगाएको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले बताउनुभयो । उमेर कम भएकाले कानून अनुसार थुनामा राख्न नमिल्ने भएकाले आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ । 

असोज ७ गते भत्ता बुझेर ल्याएको थाहा पाएपछि राति ७ बजेतिर किशोरले वृद्धालाई मरणाशन्न हुने गरी बारीमा फ्याँकेको र पछि खाना ल्याएर आउँदा बारीमा रोइरहेको भेटिएको बुहारी रबिना भुलले बताउनुभयो । 

बयालपाटा अस्पतालमा उपचार भैरहेकी वृद्धाको टाउकोमा ८ वटा टाँका लगाइएको छ । उहाँको घाँटी तथा शरीरभरि नीलडाम छन् । वृद्धाका सबै आफन्त भारतमा बस्ने गरेका छन् । 

वृद्धालाई रडले हान्ने किशोर ९ कक्षामा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । 


 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया