प्रसूति सेवा नि:शुल्क भएपछि राप्ती स्वास्थ्य प्रतिष्ठानमा सेवा  लिनेको सङ्ख्या बढ्यो

 भदौ १, २०७९ बुधबार ११:४९:५३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूति सेवा नि:शुल्क भएपछि  सेवा  लिनेको सङ्ख्या बढेको छ ।

पछिल्लो एक महिनामा एक सय भन्दा बढी महिलाले नि:शुल्क प्रसूति सेवा पाएका छन् । प्रतिष्ठानले बैशाख १ गतेदेखि नि:शुल्क प्रसूति सेवा दिन थालेपछि सुत्केरी हुन आउने महिलाको सङ्ख्या पछिल्लो समय  बढेको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले बताउनु भयो । उहाँका अनुसार आईसीयू, भेन्टिलेटर, बच्चाको लागि एनआईसीयू, पीआईसीयू सेवासहित विशेषज्ञ चिकित्सक थपेपछि बिरामीको चाप अस्पतालमा विगतको भन्दा धेरै बढेको हाे । 

यस्तै प्रतिष्ठानका सूचना अधिकारी निशान दाजु भट्टराईले अस्पतालमा बितेको ४ महिनामा सामान्य र जटिल गरेर ९ सय भन्दा बढी महिलाले नि:शुल्क प्रसूति सेवा पाएको जानकारी दिनु भयो । उहाँका अनुसार हाल प्रतिष्ठानमा आएका सुत्केरी महिलाहरुको नर्मल डेलिभरी हुन नसकेको अवस्थामा दैनिक ६ देखि १२ जनाको शल्यक्रिया गरेर बच्चा निकालिँदै आएको छ ।

प्रतिष्ठानमा अहिले मात्रै दैनिक ओपीडीमा विशेषज्ञ चिकित्सकसँग देखाउने बिरामीको सङ्ख्या ७ सय भन्दा धेरै रहेको छ । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले आफू नेतृत्वमा आएपछि प्रसूति सेवा नि:शुल्क गर्ने पहिलो निर्णय गर्नु भएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया