बलात्कार मुद्दामा फसाउने धम्की दिइ १२ लाख रुपैयाँ असुल्ने ४ महिला र १ पुरुष पक्राउ

 भदौ २, २०७९ बिहिबार १७:३९:५९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – बलात्कार मुद्दामा फसाउने धम्की दिइ १२ लाख रुपैयाँ असुलेकाे आरोपमा दाङका एक पुरुषसहित चार जना महिलाकाे समूहलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दाङले घटनाबारे जानकारी दिन बिहीवार गरेको पत्रकार सम्मेलनमा घोराही उपमहानगरपालिका १० नारायणपुरमा सुनचाँदी व्यवसाय गर्दै आइरहेका दिनेश घर्ती मगरलाई धम्की दिइ रकम असुली गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा रोल्पाकाे परिवर्तन गाउँपालिका ५ का ४० वर्षीय दिलिपकुमार वली, घोराही १० की पवित्रा डाँगी, ३२ वर्षीया विमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया पर्मिला नेपाली रहेको छन् ।

पक्राउ परेकी सर्मिलाले पीडित घर्तीलाई गएकाे साउन २६ गते राति ११ बजे योजनाबद्ध तरिकाले आफ्नो घरमा बोलाएकी थिइन् । त्यसलगत्तै पक्राउ परेका अन्य चार जना केहीबेरमा घरमा आइ डर देखाइ बलात्कारकाे मुद्दामा फसाउने धम्की दिएका थिए । त्यसपछि उनीहरूले पीडित घर्तीबाट नगद एक लाख र दुई/दुई लाखका दुई वटा चेक फरक-फरक मितिमा र एउटा चेक सात लाख २० हजार गरी १२ लाख २० हजार रुपैयाँ बेइमानीपूर्वक लाभ लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो । प्रहरीले चेक बरामद गरिसकेको उहाँले बताउनुभयाे । 

पक्राउ परेकामाथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया