विद्यालय नै बन्द गरेर परीक्षा दिन शिक्षकहरु

 असोज ११, २०७५ बिहिबार ७:५:२८ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ –  शिक्षक सेवाको परिक्षा दिन शिक्षकहरु गएपछि धादिङका केही विद्यालयहरु बन्द भएको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं १४ मा रहेको सरस्वती मावि एक साताका लागि बन्द गरएको छ । 

जिल्ला सदरमुकाममा रहेको नीलकण्ठ उच्च मावि पनि शिक्षकहरुको परीक्षाको लागि भनेर एक साताका लागि बन्द गरिएको छ । विद्यालयहरुले आफैँले विदा गर्न पाउने अधिकार अन्तर्गत विद्यालय बन्द गरिएको विद्यालयहरुले जानकारी दिएका छन् ।

केही शिक्षकहरु शिक्षा आयोगको परीक्षा दिन जाँदा विद्यालय नै पुरै बन्द गर्न नहुने स्थानीय अभिभावकहरुको भनाइ छ । 


 

अन्तिम अपडेट: चैत २८, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया