चाैथाे चरणमा चेल्सी, लिभरपूल बाहिरियाे

 असोज ११, २०७५ बिहिबार ७:५२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

इएफएल कप (कारबाओ कप)को जारी सिजनमा लिभरपूललाई हराउँदै चेल्सी चौथो चरणमा प्रवेश गरेको छ । जितसँगै चेल्सी चौथो चरणमा प्रवेश गरेको छ भने लिभरपुल बाहिरिएको छ ।

इएफएल कप (कारबाओ कप) को तेस्रो चरण अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सीले लिभरपुललाई उसकै मैदानमा २–१ ले हराएको हो । लिभरपूलले यो खेल अघि यो सिजनका सात खेलमा जित निकालेको थियो ।

घरेलु मैदानमा एक गोललको अग्रता लिएर पनि जोगाउन नसक्दा लिभरपुललाई चेल्सीले २-१ ले पराजित गरेको हो । चेल्सीले अन्तिम ११ मिनेटमा दुई गोल फर्काएको हो । यससँगै लिभरपूलको यस सिजनको अपराजित यात्रासमेत टुङ्गिएको छ।

एनफिल्डमा ५९औं मिनेटमा ड्यानिएल स्टरिजले गोल गर्दै लिभरपूललाई पहिले अग्रता दिलाएका थिए । तर चेल्सीले कमब्याक गर्‍यो । ७९औं मिनेटमा एमरसनले चेल्सीका लागि बराबरी गोल फर्काए । ८६औं मिनेटमा एडेन हाजार्डले गोल गर्दै चेल्सीलाई जित दिलाए ।

इएफएलकै अन्य खेलमा आर्सनलले ब्रेन्टफर्डलाई ३-१ ले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ । टोटनहमले वाटफोर्डलाई पेनाल्टी सुटआउटमा ४-२ गाेल अन्तरले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया