बीमाकाे लाेभले टिपरमा आगाे लगाएकाे आराेपमा गाडीधनीसहित ३ जना पक्राउ

 भदौ ७, २०७९ मंगलबार १६:३४:२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा बन्दको नाममा टिपरमा आगजनी गरेको आरोपमा प्रहरीले गाडीधनीसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १२ बस्ने ४३ वर्षीय धनेश्वर भण्डारी, घोराही उपमहानगरपालिका ८ पीपरी बस्ने ३२ वर्षीय अरुण चौधरी र गढवा गाउँपालिका ७ चन्दनपुर बस्ने १७ वर्षीय सहचालक आकाश चौधरी रहेका छन् ।

पक्राउ परेका गाडीधनीले टिपर पुरानो भएर जीर्ण भएका कारण बीमा दाबी गर्न आगाे लगाएकाे बयान दिएका जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले बताउनुभयो ।

विप्लव नेतृत्वको नेकपासहित चार सङ्गठनले आह्वान गरेकाे नेपाल बन्दको मौका पारेर उनीहरूले घोराही–लमही सडकको बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको टिपरमा आज बिहान ५ बजे आगाे लगाएका थिए । घटनाबारे जिल्ला प्रहरी कार्यालय दाङले दिउँसो घोराहीमा गरेको पत्रकार सम्मेलनमा टिपरमा डिजल खन्याएर आगो लगाएलगत्तै उनीहरूले लमही जाँदै गरेको टिपरमा बन्दकर्ताले आफूलाई सिटबाट ओरालेर आगो लगाएको भन्दै प्रहरीलाई खबर गरेका थिए । खबर गरेलगत्तै गएको प्रहरी टोलीले घटना शङ्कास्पद देखिएपछि अनुसन्धान सुरु गरेको थियो ।

यस्तै दाङमा बन्द गराउँदै हिड्ने १५ जनालाई पनि प्रहरीले पक्राउ गरेकाे छ । दाङको घोराही र तुलसीपुरबाट चार/चार जना र लमहीबाट सात जना पक्राउ परेका हुन् । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया