परिवर्तनलाई आत्मसात नगर्ने कर्मचारीलाई बर्खास्त गर्छु: मन्त्री पण्डित

 असोज ११, २०७५ बिहिबार १७:२८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले परिवर्तनलाई आत्मासात नगर्ने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिनु भएको छ ।

मन्त्री पण्डितले आफ्नो क्षमतालाई राष्ट्र र जनताको हितमा उपयोग गर्न पनि कर्मचारीहरुलाई आग्रह गर्नुभयो । उहाँले कर्मचारीहरुको क्षमता बढाउने काममा केन्द्रित हुन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई निर्देशन पनि दिनुभयो ।

प्रतिष्ठानको ३६ औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री पण्डितले इमान्दार भएर कार्य क्षेत्रमा खटिन पनि सबै कर्मचारीहरुलाई सचेत गराउनुभयो ।

मन्त्री पण्डितले पाएको जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्न नसकेको भन्दै कर्मचारीहरुप्रति असन्तुष्टि पनि व्यक्त गर्नुभयो । कार्यक्रममा मन्त्री पण्डितले उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Krishna Jwala

    Sept. 27, 2018, 5:55 p.m.

    संसदको राज्य व्यवस्था समितिमा गृहमन्त्रीले पूँजीवादका कारण बलात्कार बढेको ओठे जवाफ दिएका छन्। तिमिले पनि मन्त्रि भएपछि कर्मचारीलाई मात्र गालि गरेका छौ। अब त तिमिबाट पनि आस मरिसक्यो बुढा।

  •  0 Reply

तपाईको प्रतिक्रिया