चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
अहिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा कुरा उठेको छ । जब अप्ठेरो र चुनौतीपूर्ण काम आउँछ, तब हामी यो क्षेत्रका मान्छे चुप बस्छौँ । म प्रश्न गर्न चाहन्छु, के भैरहवा विमानस्थल अन्तर्राष्ट्रिय ट्रान्जिट बन्न सक्छ ?
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हब विमानस्थल हुन सक्छ ? सक्दैन । अहिले यो भुटानको बाहेक ट्रान्जिट हुन सकेको छैन । अन्तर्राष्ट्रिय स्तरको विमानस्थलको कुरा गर्ने हो भने साँचो अर्थ र स्टान्डर्डको विमानस्थल हामीसँग छैन । त्यसको लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अति आवश्यक छ ।
यदि पर्यटनमार्फत देशलाई समृद्धितर्फ लैजाने हो भने निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक छ । यदि संसारलाई नेपाल ल्याउने र हामी संसारसम्म पुग्ने हो भने यो परियोजना निकै आवश्यक छ । संसारकै लोभलाग्दो परियोजनाको रुपमा निजगढ विमानस्थल परियोजना हो । कुनै पनि हिसाबबाट त्यो विमानस्थल बनाउने काममा हामीले जति ढिलो गर्छौँ, देशलाई त्यति नै नोक्सानी हुन्छ । त्यसैले ढिलो नगरौँ, वातावरणमा कम भन्दा कम क्षति पुर्याउने गरी विमानस्थल बनाउने हो । वातावरण संरक्षण र विकासलाई सँगसँगै अघि बढाउने हो । तर वातावरणको नाममा विकासलाई अवरुद्ध गर्न सकिन्न ।
हामीले जति वातावरण क्षति गर्छौँ, त्यो भन्दा धेरै क्षतिपूर्ति हुनेगरी काम अघि बढाउन जरुरी छ । त्यसैले यसमा कुनै पनि अन्योल सिर्जना गर्नुपर्ने आवश्यक नै छैन ।
जब परियोजना अघि बढ्यो, चार किल्ला तोकियो तब धेरै कुरा आएका छन । हामीसँग विस्तृत सम्भाव्यता अध्ययन (डीएफएस) छ । कोरियाको ल्याण्डमार्क वर्ल्डवाइड कम्पनीले गरेका त्यति ठूलो अध्ययन थन्किएर बसको थियो, हामीले त्यसलाई अपनत्व लियौँ । त्यो एउटा प्रकारको डीपीआर नै हो । यहाँ त कुनै अध्ययन नै गरिएन भनेर हल्ला चलाइयो तर हामीसँग त्यत्रो महत्वपूर्ण अध्ययन छ नि । त्यसैका आधारमा हामीले काम गरिरहेका छौँ ।
हामीले पीपीपी बुट मोडलमा जाने मोडालिटी फिक्स गरिसकेका छौँ । र यति कुरा बुझ्नुपर्छ कि निजगढ विमानस्थल मुम्बईमा भएजस्तो या हङकङमा भएजस्तो सहरको नजिक होइन । त्यहाँ त पाइलट र ट्रान्जिट प्यासेन्जरहरुका लागि भवनहरु बनाउन पर्यो, त्यस्तै नजिकै सहर नभएकाले चाहिने पूर्वाधार त सबै बनाउनुपर्यो नि ।
केवल ३६ सय मिटर लामो रन वेकै लागि त भैरहवा अनि काठमाडौंमा पनि त विमानस्थल छ नि । हामीलाई सबै पूर्वाधार भएको विमानस्थल आवश्यक भएकैले निजगढको परियोजना अघि सारिएको हो । यो कुरालाई हामी सबैले बुझ्नुपर्छ । हामी यसलाई ५-६ वर्षमा पूरा गर्ने उद्देश्यका साथ अघि बढिरहेका छौँ । सन् २०२० देखि ३० सम्म नेपालको पर्यटनलाई आर्थिक विकासको एक नम्बर इन्जिनको रुपमा अघि बढाउने भएकाले पनि निजगढ आवश्यक छ । यसका लागि हामीलाई लगानी आवश्यक छ ।
भैरहवा धेरै उल्झनमा थियो, तर अब एक वर्षभित्र पूरा हुने गरी काम भैरहेको छ । पोखरा अघि बढेको छ । तर निजगढमा त डेभलपरहरु आउनै डराउने वातावरण बनाउन खोजिएको छ । लगानीकर्ता कसरी यहाँ आउँछ भनेर हामीले त्यो वातावरण बनाउन पर्दैन ?
आज म निर्भिकताका साथ भन्छु, नबिराउनु नडराउनु । म पर्यटन क्षेत्रका आधारभूत पूर्वाधार बनाएरै छाड्छु । त्यसो भन्दैमा वातावरण विनास मात्रै गर्ने भन्ने हुँदैन, वातावरण र अरु सबै कुरालाई सन्तुलित ढंगले अघि बढाउँछौँ ।
हामी धेरै सम्भावनाको बीचमा छौँ, तर मिठो कथा भनेर अनि निबन्ध लेखेर त एक पाइला पनि अघि सर्दैन । त्यसका लागि भौतिक पूर्वाधारदेखि जनशक्ति जोहोको काम गर्नुपर्छ । भाषण, खण्डनमा रमाइरहने हो भने हामी अघि जान सक्दैनौं । सार्वजनिक वृत्तबाट उठेका प्रश्नलाई पनि ध्यान दिनुपर्छ, त्यसलाई सुन्दै र व्यवस्थित गर्दै काम अघि बढाउनुपर्छ ।
–विश्व पर्यटन दिवसको अवसरमा नेपाल पर्यटन बोर्डमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गरेको सम्बोधनको सम्पादित अंश ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
deepak pandit kumhal
Oct. 1, 2018, 2:29 p.m.निजगढ बिमानस्थलले नेपालको जंगललाई विनाश गर्छ / जुनसुकै ठुला प्रोजेक्ट बनाउँदा पनि जंगल तर्फ जान्छ, जसले गर्दा जंगल बिनास हुन्छ /
Dipbdr rai
Sept. 28, 2018, 8:36 p.m.This project is very essential and important for us or our country Nepal. It must go straight ahead without any hasitation or disturb from..... and must completed as planned.
Raj Yadav
Sept. 28, 2018, 1:27 p.m.इन्टरनेशनल एयरपोर्टको लागि नेपाललाई भीख कहाबाट आउदैछ रवीन्द्र अधिकारी ?
सि पी जोसी बैरागी
Sept. 28, 2018, 9:08 a.m.यस्ता कुरा कति उठ्छन कति जब बनाउने समय आउछ अनि सरकार बदलिन्छ अर्थात पश्चिम सेति जलबिद्धुत योजना हराय जस्तो हुन्छ!