ए डिभिजन लिग फुटबल: कुन क्लबमा काे काे विदेशी खेलाडी?

 असोज ११, २०७५ बिहिबार १९:२३:१७ | उज्यालो सहकर्मी

नेपाली क्लब फुटबलमा अफ्रिकन खेलाडीको ठूलो भूमिका रहँदै आएको छ ।

कुनै पनि टिमले लिग जित्ने तयारी गर्दै गर्दा एउटा महत्वपूर्ण पाटो अफ्रिकन खेलाडीको अनुबन्धन हो । जुन क्लबले उत्कृष्ट अफ्रिकन खेलाडी अनुबन्ध गर्न सक्यो, उसको प्रदर्शन स्वभाविक रुपमा राम्रो रहँदै आएको छ ।

तीनवटा विभागीय टिमबाहेक बाँकी एघारै वटा क्लबले विदेशी खेलाडी अनुबन्ध गर्नु अनिवार्य जस्तै भएको छ । नेपाली खेलाडीको तुलनामा शारीरिक र प्राविधिक दुवै पक्षमा अफ्रिकन खेलाडी अब्बल रहँदै आएका छन् ।

यसको अर्थ उनीहरु सबैले नेपाली खेलाडीभन्दा राम्रो खेल्छन् भन्ने होइन् । तर, क्लबका पदाधिकारी अफ्रिकन खेलाडीलाई आफ्नो शक्तिका रुपमा हेरिरहेका छन् ।

त्यसैले अफ्रिकन खेलाडीका लागि क्लबले ठूलो खर्च पनि गर्ने गरेका छन् । उनीहरुको मासिक पारिश्रमिक र अन्य सुविधा नेपाली खेलाडीभन्दा धेरै नै हुने गरेको छ ।

ए डिभिजन क्लबलाई बढीमा चार विदेशी खेलाडी अनुबन्ध गर्ने मापदण्ड कायम गरिएको छ । जसमा एक जना सार्क देशको हुनुपर्ने अनिवार्यता छ । तर, तीनजनामात्र विदेशी अनुबन्ध गरेको अवस्थामा भने यो नियम लागू हुनेछैन ।

एउटा अफ्रिकन खेलाडीका लागि क्लबले मासिक न्यूनतम ३५० देखि १२०० अमेरिकी पारिश्रमिक दिने गरेका छन् । केही क्लबले उत्कृष्ट खेलाडीका लागि मासिक दुई हजार अमेरिकी डलर समेत खर्च गर्ने गरेका छन् ।

आउँदै गरेकाे लिगका लागि प्रायः क्लबले विदेशी खेलाडी अनुबन्धन प्रक्रिया अघि बढाइसकेका छन् भने केहीले उनीहरुको ‘ट्रायल’ गरिरहेका छन् ।

नेपालमा लिग खेल्ने अफ्रिकन खेलाडीमा नाइजेरियाका खेलाडीको वर्चश्व रहँदै आएको छ । यो सिजनमा पनि अहिलेसम्म १२ जना नाइजेरियन खेलाडी पक्का भइसकेका छन् ।

यस्तै क्यामरुनबाट पाँच जना, आइभाेरी कोस्टबाट चार, गिनीबाट दुई तथा माली, बुर्किना फासो र घानाबाट एक–एक खेलाडी ए डिभिजन लिगका लागि अनुबन्ध भएका छन् ।

कुन क्लबमा को खेलाडी ?

थ्रीस्टार क्लब

अजाइ मार्टिन्स - नाइजेरिया

पिटर सेगुन - नाइजेरिया 

मनाङ मर्स्याङ्दी क्लब

ओजानीबुजे भिक्टर अमोबी - नाइजेरिया

अदेलाजा सोमिडे ओलुवाउम्नी  - नाइजेरिया

ओलादिपो अफिज ओलावाले - नाइजेरिया

संकटा क्लब

नोर्बट सेड्रिक अबा - क्यामरुन

अर्नेस्ट टाम्पी  -  क्यामरुन

म्याक्सेल इलोन  -  क्यामरुन 

ब्रिगेड ब्वाइज क्लब

काजिम अदेगोके बुसारी  -  नाइजेरिया

ताजुदिन अदेकुन्ले बुसारी  -  नाइजेरिया

अबु करिम हामद सिया  - घाना

हिमालयन शेर्पा क्लब

याकुबा सावादोगो  -  बुर्किना फासो

दादी जुनियर वाम्बा - क्यामरुन

प्याट्रिक प्रिभाट गोहा  -  आइभरी कोस्ट 

जावलाखेल युथ क्लब

ओलाकेन अफिज लावल  - नाइजेरिया

अदामा डुम्बिया - माली

फोफाना फेडे - गिनी 

एनआरटी क्लब

क्रिष्टियन बासिले कामिने - क्यामरुन

मसुद ओपेएमी अग्बोला - नाइजेरिया

कुआसी जिन डिडियर इस्मेल योबोए - आइभरी कोस्ट 

सरस्वती युवा क्लब 

सोलो - नाइजेरिया

कासी - नाइजेरिया

कुलिबाल - आइभाेरी कोस्ट 

फ्रेण्ड्स क्लब 

करिम मोहम्मद नुरुल  - बंगलादेश

सिल्ला सुलेमाने  - गिनी

फोफाना ब्राहिमान - आइभाेरी कोस्ट

ओडेह ओलुवासोगो ग्लोरी -  नाइजेरिया


 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया