तीजमा नाचगान गर्ने क्रममा चट्याङ लागेर दाङमा दुई किशाेरीको ज्यान गयाे

 भदौ १५, २०७९ बुधबार ११:४६:२५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा चट्याङ लागेर दुई जना किशोरीको ज्यान गएको छ । तीजको दिन मंगलवार राति नाचगान गर्ने क्रममा चट्याङले लाग्दा घोराही उपमहानगरपालिका–१२ गुरौगाउँको सालडाँडामा २ जना किशोरीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार घटनामा ज्यान जानेमा गुरौगाउँका १६ वर्षीया दीपा घर्ती र १९ ‍वर्षीया मोनिसा शाह रहेका छन् । तीजको दिन घरमा पूजापाठ सकेर रातिमा सालडाँडामा जम्मा भएर नाचगान गर्ने क्रममा चट्याङले लागेको प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिनुभएको छ ।

चट्याङ लागेर १२ जना भन्दा बढी महिला घाइते भएको र उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा फोन पनि नलाग्ने र दुर्गम भएकाले थप जानकारी आउन नसकेको प्रवक्ता गौतमले जानकारी दिनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया