एनसेलको रिचार्ज एण्ड विन अफर अन्तरगत तेस्रो हप्ताकाे नगद पुरस्कार वितरण

 असोज १२, २०७५ शुक्रबार १४:४१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - एनसेल प्रालिले चाडपर्वको अवसरमा सञ्चालन गरिरहेको ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत तेस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । 

१० हप्ता सम्म सञ्चालन हुने यो अफरकाे तेस्रो हप्ताका विजेताहरु असोज ९ गते एपि वान टेलिभिजनमा प्रत्यक्ष पसारण गरिएको लक्की ड्र मार्फत छानिएका हुन् । विजेता १० जनाले जनही १–१ लाख रुपैयाँ पाएका छन् ।

एनसेलका प्रमुख सूचना अधिकृत विशाल उपाध्यायले काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममाझ तेस्रो हप्ताका आठ विजयीहरु –तिलमाया मानन्धर (स्याङ्जा),  माधव भण्डारी (दाङ्ग), मिरा चेपाङ्ग (गोरखा), पासपति चौधरी (नवलपरासी), अमिर सारु (रुपन्देही), पल्टु चौधरी (सुनसरी), डोल कुमारी मगर (रौतहट) र पद्म कुमारी दंगाल (सिन्धुपाल्चोक)–लाई जनही रु एक लाख नगद पुरस्कार हस्तान्तरण गर्नुभएकाे हाे ।

विजेताहरुले काठमाडौं लगायत उपत्यका बाहिरका पायक पर्ने एनसेल सेन्टरहरुबाट पुरस्कार प्राप्त गर्न सक्नेछन् । 

योजना अन्तरगत एक हप्ताभरी १०० वा सो भन्दा रुपैयाँ रिचार्ज गर्नेमध्ये १० ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्दछन् । नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्ने भएकाले विजेताहरुले पूरै एक लाख रुपैयाँ प्राप्त गर्दछन् ।  
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया