मनोज गजुरेल जेलमा !

 असोज १२, २०७५ शुक्रबार १७:४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – हास्यकलाकार मनोज गजुरेल पूर्वका विभिन्न कारागार पुग्दै छन् । 

एक नम्बर प्रदेश सरकार र सिस्नुपानी नेपालले आयोजना गर्न लागेको कारागार हास्यव्यङ्ग्य शिविरमाका निम्ती उनी त्यहाँ गएका हुन् । शनिबारदेखि सुरु हुने कार्यक्रम मोरङको विराटनगर, सुनसरीको झुम्का, झापाको चन्द्रगढी, उदयपुरको गाईघाट लगायतका स्थानहरुमा रहेका कारागारहरुमा आयोजना गरिँदै छ । 

त्यस कार्यक्रमअन्तर्गत जेलजीवन बिताइरहेका कैदीहरुको मानवअधिकारका विषयमा तालिम दिइनेछ । त्यससँगै उनीहरुको खानपान, जीवनशैली, मनोरञ्जनलगायतलाई हास्यव्यङ्ग्यका माध्यमबाट प्रशिक्षण दिइन लागेको गजुरेलले बताए ।

कार्यक्रममा जेल जीवन बिताएर फर्किएपछि आफ्नो समाजप्रति उनीहरुको दायित्व र जिम्मेवारीका विषयमा समेत प्रशिक्षण दिइने बताइएको छ । महिला कैदी र पुरुष कैदीलाई छुट्टाछुट्टै स्थानमा तालिमको व्यवस्ता मिलाइएको बताइएको छ । 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • paintola ld

    Sept. 24, 2020, 6:36 a.m.

    Excellent job every deviated people need counselling to commonalize aftermath livelihood.....

  •  0 Reply

तपाईको प्रतिक्रिया