प्रधान अध्यापकद्वारा उज्यालोकर्मीमाथि दुर्व्यवहार

 असोज १२, २०७५ शुक्रबार २०:३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – उज्यालो सहकर्मी डीबी विष्टलार्इ स्थानीय विद्यालयका  प्रधानअध्यापकले दुर्व्यवहार गरेका छन् । 

तल्कोट गाँउपालिका–१, सुनीकोटबाट रिपोर्टिङ् गरी घर फर्किने क्रममा डाँडा देउ प्राविका प्रधानअध्यापक मदनराज जोशीले गाली बेइज्जती गरेका हुन् । 

महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको अन्तरक्रिया कार्यक्रममा सहजीकरण गर्न शुक्रबार सुनीकोट पुगेका सहकर्मी बिष्टमाथी सुनीकोटको पक्की पुल नजीकै रक्सी खाएर मातेका प्रअ जोशीले आफूलाई अपशब्द गाली गरेको विष्टकाे भनार्इ छ । 

विष्ट आफ्नै सिटमा बसिरहेको समयमा गाडी रोक्दै गाली गर्न लागेका जोशीलाई अन्य व्यक्तिले सम्झाउँदा नमानी सँगै बसेका अर्का पत्रकारलाईसमेत गाली गरेका थिए । 

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक प्रविण धितालले त्यस्ता शिक्षकलाई कानुन अनुसार कार्वाही गरिने बताउनु भएको छ । यस्तै जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी शिबराज जोशीले प्रअ जस्तो पदमा रहेको व्यक्तिले सडकमा गाली गर्न नहुने र त्यस्ता शिक्षकलाई कानुन अनुसार कार्वाही हुने बताउनु भएको छ । 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले पनिे घोर आपत्ति जनाउँदै अध्यक्ष जगदीस रोकायाले अनावश्यक गाली बेइजती गर्ने शिक्षकलाई कार्वाही गरिनुपर्ने बताउनुभएको छ ।

विष्ट र प्रअ जोशीका बीच यसअघि व्यक्तिगत चिनाजानी नभएको बताइएको छ । 
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया