उज्यालो समाचार प्रभाव : मुटु रोगी रुमलाको उपचारका लागि आर्थिक सहयोग जुट्दै

 जेठ २३, २०७५ बुधबार १४:२६:११ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बेसाहारा जस्तै बनेकी तल्कोट गाँउपालिकाकी ११ वर्षीय रुमलाकुमारी रोकायाको उपचारका लागि युवा संघ बझाङका उपाध्यक्ष विनोद सिंहले ५ हजार रुपैयाँ सहयोग गर्नु भएको छ ।

आफ्नो जन्मदिनको उपलक्ष्यमा उहाँले मुटु रोगी रुमलाको लागि ५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । उज्यालो अनलाइनको समाचार पढेर आफूले २९ वर्षको जन्मदिनको अवसरमा रुमलाको लागि सानो सहयोग गरेको बताउनुभयो । 

उज्यालो अनलाइनको समाचार पढेर बझाङका युवाहरुले ‘नेपाली मन’ परोपकारी संस्था खोलेरै आर्थिक संकलनको अभियान चलाएका छन् । ‘नेपाली मन’ परोपकारी संस्थाले रुमलाको उपचारका लागि लाग्ने खर्च जुटाउन विभिन्न व्यक्तिहरुसँग सहयोग मागिरहेको ‘नेपाली मन’ परोपकारी संस्थाका अध्यक्ष हर्क ढाँटले बताउनुभयो ।

‘देउसी भैलो खेलेर जम्मा गरेको केही रकम संस्थाको खातामा छ’, संस्थाका सदस्य प्रवीन्द्र धामीले भन्नुभयो, ‘अन्य रकम संकलनमा हामीहरु लागिरहेका छौं ।’
५० हजार रुपैयाँभन्दा बढी रकम बनाएर रुमलाकुमारी रोकायाको नाममा सिटीजन बैङ्क बझाङमा रहेको खाता नम्बर – ०४४०००१०६०SA मा जम्मा गर्ने धामीले बताउनुभयो ।

यदी कसैले रुमलालाई सहयोग गर्न चाहेमा उहाँको खाता नम्बरमा सानो सहयोग गरीदिन संस्थाका पदाधिकारीहरुले अनुरोध गरेका छन् । त्यो खाता उज्यालो सहकर्मी डीबी विष्टले खोलीदिनु भएको हो ।  

अहिले रुमलाको खातामा तीन हजार ६ सय रुपैयाँ जम्मा भएको छ । तीन हजार रुपैयाँ  फुनचुक लामाले सहयोग गर्नुभएको हो । नेपाली मन परोपकारी संस्थाले ६ हजार रुपैयाँ जम्मा गरी सकेको छ भने बाँकी रकम संकलनमा विभिन्न व्यक्ति तथा संस्था जुटेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया