कुवेत टावरमा पहिलो पटक फहरायो नेपालकाे राष्ट्रिय झण्डा

 असोज ४, २०७९ मंगलबार १०:१२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेत सिटीको कुवेत टावरमा पहिलो पटक नेपाली झण्डा फहराएको छ ।

कुवेतमा रहेको नेपाली दूतावासका अनुसार नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव तथा संविधान दिवसको अवसरमा सोमबार कुवेत टावरमा नेपालको राष्ट्रिय झण्डा विद्युतीय माध्यममार्फत फहराएको हो । 

कुवेत टावरमा विद्युतीय माध्यममार्फत कुवेत र नेपालको राष्ट्रिय झण्डा सँगै प्रस्तुत गरिएको थियो । त्यहाँ रहेको नेपाली दूतावासको पहलमा कुवेतको परराष्ट्र मन्त्रालयको सहयोग र समन्वयमा नेपाली राष्ट्रिय झण्डा पहिलो पटक कुवेत टावरमा प्रस्तुत गर्न सफल भएको दूतावासले जनाएको छ । 

नेपालीहरु कार्यरत देशको टावरमा नेपाली झण्डालाई विद्युतीय माध्यममार्फत प्रस्तुत गर्न पाउँदा कुवेतमा रहेका सबै नेपालीले खुसी र गौरवको अनुभूति गरेको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कुवेत र नेपालबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध आउँदा दिनमा पनि थप सुदृढ हुँदै जानेमा दूतावासले विश्वास व्यक्त गरेको छ । 

तस्बिर : कुवेतमा रहेको नेपाली दूतावास

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया