केकी र रीमालाई ‘सरकारी जागिर’

 असोज १३, २०७५ शनिबार १९:२७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली चलचित्र बजारमा चलचित्र बन्ने नबन्ने टुंगो नहुँदै मिडियामा छाउने गरेका उदाहरण हरु प्रशस्तै छन् । 

अझ एउटा चलचित्र निर्माण गर्यो हलमा राम्रो सँग चल्न नपाउँदै अर्को चलचित्रको घोषणा गर्ने गरेको पाइन्छ । तर त्यो चलचित्रकहिले बन्ने या नबन्ने अत्तोपत्तो हुन्न ।

तर त्यही भीडमा यस्ता ब्यानरहरु पनि छन् जसले बाहिर प्रचार नै नगरी चलचित्रको छायाँकन गर्ने गरेका छन् । यसैगरी छायाँकन भएको एउटा चलचित्र हो सरकारी जागिर ।

‘सरकारी जागिर’ हाल गुपचुप रुपमा छायाँकन भइरहेको छ । 

चलचित्रमा अभिनेत्री केकी अधिकारी र रीमा विश्वकर्मा मुख्य कलाकारका रुपमा देखिन लागेको बुझिएको छ । 

यी दुवै अभिनेत्रीले चलचित्र ‘स्वर’ मार्फत एकसाथ चलचित्र नगरीमा डेब्यु गरेका थिए । यी दुवै अभिनेत्री फेरि एकपटक सँगै देखिने भएका छन् । 

अमित प्रधान र अदिप प्रधानले संयुक्त रुपमा निर्देशन गरिरहेको चलचित्रमा केकी र रीमासँगै गौरी मल्ल, कर्मा, संयम पुरी, रमेश रञ्जन झा लगायतका कलाकारहरुको मूख्य भूमिका रहेको बुझिएको छ । 

चलचित्रमा नेपालको परिवेशमा सरकारी जागिरमा लागेपछि जीवनमाआइपर्ने पारिवारिक र सामाजिक अवस्थाहरुलाई चलचित्रको कथाका रुपमा प्रस्तुत गरिएको छ ।
चलचित्र यसै वर्षको अन्त्यमा प्रदर्शन गर्ने तयारीका साथ छायाँकन भइरहेको बुझिएको छ ।
 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया