अस्ट्रेलियासँगको तीन खेलको टी–२० शृङ्खला भारतले जित्यो

 असोज १०, २०७९ सोमबार ६:४९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले अस्ट्रेलियासँगको तीन खेलको टी–२० शृङ्खला जितेको छ । घरेलु मैदान हैदराबादमा गएराति भएको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटले हराउँदै अस्ट्रेलियासँगको तीन खेलको टी–२० शृङ्खला भारतले २–१ ले जितेको हो ।

अस्ट्रेलियाले दिएको १ सय ८७ रनको लक्ष्य भारतले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो । भारतका लागि सूर्यकुमार यादवले ६९ तथा विराट कोहलीले ६३ रनको अर्धशतकीय पारी खेले । यस्तै, हार्दिक पाण्डेयले २५,रोहित शर्माले १७ रन बनाए ।

अस्ट्रेलियाका लागि ड्यानियल साम्सले २ तथा प्याट कमिन्स र जोस हेजलउडले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनाएको  थियो । उसका लागि टिम डेभिडले ५४ र क्यामरुन ग्रिनले ५२ रनको अर्धशतकीय पारी खेले  पनि जिताउन सकेनन् ।

यस्तै, ड्यानियल साम्सले २८ तथा जोस इङ्ग्लिसले २४ रन बनाए । भारतका लागि अक्षर पटेलले ३ विकेट लिए भने युजभेन्द्र चहेल, हर्षल पटेल र भुवनेश्वर कुमारले समान १/१ विकेट लिए ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया