यूएईमा अनिवार्य मास्क लगाउनु पर्ने नियम खुकुलो

 असोज ११, २०७९ मंगलबार १४:५४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईले कोरोना महामारी रोकथामका लागि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने नियमलाई खुकुलो बनाएको छ ।

भोलि अर्थात् असोज १२ गतेदेखि लागू हुने गरी मल, रेस्टुरेन्ट, सुपर मार्केट, पार्क लगायता विभिन्न सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउन नपर्ने खबर त्यहाँको खालिज टाइम्सले लेखेको छ । तर अस्पताल, क्लिनिक वा औषधि पसलहरूमा जाँदा भने मास्क अनिवार्य लगाउन पर्नेछ भने मस्जिदमा पनि मास्क अनिवार्य नै लगाउन पर्छ ।

यसका साथै सार्वजनिक यातायातका साधन चढ्दा पनि मास्क लगाउन पर्ने खबरमा उल्लेख छ । यी तीन क्षेत्रबाहेक अन्य सबै क्षेत्रमा स्वेच्छाले मास्क लगाउँदा हुन्छ तर अनिवार्य भने छैन । 

यस्तै कतिपय काम गर्दा भने मास्क अनिवार्य लगाउन पर्छ । खबर अनुसार वेटर, डेलिभरी ब्वाइ लगायत प्रत्यक्ष ग्राहकसँग जोडिएर गरिने काम गर्दा भने मास्क लगाउन पर्नेछ । कोरोना पोजेटिभ भएको छ वा मिल्दोजुल्दो लक्षण देखिएमा पनि मास्क लगाउन पर्ने ।

यूएईको सरकारी निकायले कोरोना सङ्क्रमण रोकथामका लागि लगाइएको प्रतिबन्ध खुकुलो गराउने क्रममा यो पहिलो चरण भएको र अन्य नियमबारे पनि छिट्टै जानकारी गराउने जनाएको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया