श्रम तथा रोजगार सम्मेलन : आन्तरिक रोजगार प्रवर्द्धन दशकलाई सफल ...
फागुन २८, २०८१ बुधबार
कञ्चनपुर – निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्टसहित आशंका गरिएका तीनैजनाको डीएनए परीक्षणको रिपोर्ट सार्वजनिक भएको छ । तर तीनैजनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको कञ्चनपुर प्रहरीले जनाएको छ । कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतका अनुसार तीनैजनाको डीएनए रिपोर्ट ‘नेगेटिभ’ देखिएको हो ।
एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए परीक्षण गरिएको थियो । तर तीनैजनाको डीएनए रिपोर्ट मेल नखाएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेको दिलिपसिंह विष्टको पनि डीएनए रिपोर्ट ‘नेगेटिभ’ आएको थियो ।
कञ्चनपुरका बासिन्दाले सुरुदेखि नै एसपी विष्टका छोरा किरण र मेयरका भतिजा आयुषमाथि छानविन गर्न माग गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ananda
Sept. 30, 2018, 10:09 a.m.त्यही छुटकारा पाउनलाई त डी एन ए जांचको कुरा आको हो/