खोटाङमा वित्तीय साक्षरता सम्पन्न

 जेठ २३, २०७५ बुधबार १५:१२:५७
unn.prixa.net

खोटाङ, जेठ २३ – खोटाङमा यो वर्षको वित्तीय साक्षरता कक्षा सम्पन्न भएको छ । बालसेवा समाज नेपाल नेर्पा खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १,२ र ४ नम्बर वडामा सञ्चालन गरेका कक्षा सम्पन्न भएको हो । 

गएको असोजदेखि सुरु गरिएको वित्तीय साक्षरता कक्षाका सहभागीमध्ये प्रायले वित्तिय लक्ष्य बनाएर व्यवसायिक योजनाका साथ काम थालिसकेका छन भने वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यको कागजपत्र पनि मगाएका छन् । 

कक्षा समापन भएपनि सहभागीहरुले महिनामा एक पटक बैठक बस्ने र वैदेशिक रोजगार सम्बन्धी छलफल गर्ने निर्णय गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया