तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा दक्षिण अफ्रीकाले भारतलाई हरायो

 असोज १९, २०७९ बुधबार ८:४७:३४ | एजेन्सी
unn.prixa.net

घरेलु टोली भारतसँगको तेस्रो तथा अन्तिम टी–२० खेलमा दक्षिण अफ्रीका विजयी भएको छ । गएराति भएको खेलमा दक्षिण अफ्रीकाले भारतलाई ४९ रनले हराएको हो ।

दक्षिण अफ्रीकाले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको भारतले १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रन मात्रै बनायो ।

भारतका दिनेश कार्तिकले ४६ रन जोडे । दीपक चाहरले ३१ तथा ऋषव पन्थले २७ रन बनाए । दक्षिण अफ्रीकाका ड्वाने प्रिटोरिउसले ३ तथा वायन प्रनिल, लुंगी एनजिडी र केशव महाराजले २÷२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । दक्षिण अफ्रीकाका रिली रस्सोले अविजित सय रनको शतकीय पारी खेले । क्विन्टन डी ककले ६८ रनको अर्धशतकीय पारी खेले ।

भारतका दीपक चाहर र उमेश यादवले १/१ विकेट लिए । भारतले ३ खेलको श्रृंखला २–१ ले जितेको छ । भारत पहिलो खेलमा ८ विकेटले र दोस्रो खेलमा १६ रनले विजयी भएको थियो । भारत र दक्षिण अफ्रीकाबीच अब तीन एकदिवसीय खेल हुनेछ ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया