१२ वर्षीया नातिनीलाई करणी गरेको आरोपमा हजुरबुवा पक्राउ

 असोज १५, २०७५ सोमबार १०:९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – नातिनीलाई करणी गरेको आरोपमा दाङमा ६८ वर्षिय हजुरबुवा पक्राउ परेका छन् । जिल्लाको लमहीमा १२ वर्षिया नातिनीलाई करणी गरेको अभियोगमा हजुरबुवा पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय लमहीले नातिनी करणी गरेको अभियोगमा हुजुर बुवालाई पक्राउ गरेको जनाएको छ । 'अाइतबार दिउँसो घटना भएको हो । हामीलाई जानकारी आयो ।  बालिकाको स्वास्थ्य परीक्षण भएको छ ।' सोमबार अदालतमा करणी मुद्दा दर्ता गरेर कारवाही प्रकृया अघि  बढाइने इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।

करणी अभियोगमा बालिकाको कान्छो हजुरबुवा पक्राउ परेका हुन् ।  ललाई फकाई पहिलेदेखिनै करणी गर्दै आएको बालिकाले प्रहरी समक्ष बयान दिएको प्रहरीले बताएको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया