डोटीमा १७ वर्षीया किशाेरी बलात्कृत

 असोज १५, २०७५ सोमबार १३:३८:५५ | विमल बिष्ट

डोटी - डोटी जिल्लाकाे शिखर नगरपालिकामा एक जना किशाेरी बलात्कृत भएकी छिन् ।

शिखर नगरपालिका वडा नं-६, बस्ने २८ वर्षका योगेन्द्र बलायरले १७  वर्षीया किशाेरीलाई बलात्कार गरेकोे जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

बलात्कार गर्ने बलायरविरुद्ध करणी सम्बन्धी कसुर गरेको भन्दै जिल्ला अदालतमा मुद्दा  दर्ता गराइएको  छ । बलायरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया