‘फ्री भिसा फ्री टिकट’ भनेर श्रमिकबाट रकम असुल्ने म्यानपावरलाई विभागले गरायो सचेत

 असोज ३०, २०७९ आइतबार १३:४३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीको लागि मलेसिया तथा खाडीका देशमा जाने श्रमिकबाट म्यानपावरले पैसा असुल्ने गरेकोप्रति वैदेशिक रोजगार विभागको ध्यानाकर्षण भएको छ ।

यी देशहरुबाट कामदार माग भइ सम्बन्धित देशमा रहेको नेपाली कुटनीतिक नियोगबाट माग प्रमाणीकरण हुँदाकै बखत फ्री भिसा फ्री टिकेट लगायतका अन्य सेवा शुल्क रोजगारदाताले नै व्यहोर्ने भनी उल्लेख गरेको हुन्छ । त्यसरी माग प्रमाणीकरण गरेर सम्बन्धित इजाजतपत्रवाला संस्थाले छनौटका लागि वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति लिन्छन् । त्यसपछि पनि राष्ट्रिय स्तरको दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने हुन्छ । तर यी सबै प्रक्रिया गर्दा शून्य लागतमा कामदार छनौट गरिने भनेर खुलाइ विज्ञापन गरे पनि श्रमिकबाट लाखाैँ रुपैयाँसम्म रकम असुल गर्ने, निष्पक्ष रुपमा छनौट गर्ने नगरेको भनि विभिन्न सञ्चार माध्यमबाट प्रकाशन र प्रशारण भएकाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विभागले सूचना जारी गरेको छ ।

पूर्व स्वीकृति लिइ छनौटका लागि प्रकाशित गरिएको सूचनामा उल्लेखित शर्तहरुका आधारमा नै छनौट गर्न विभागले सूचित गरेको छ । यस्तो नगरेमा कानुनबमोजिम कारबाही हुने पनि विभागले जनाएको छ ।
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • खेमराज अधिकारी

    Oct. 17, 2022, 11:50 a.m.

    म साउदि अरबमा आयको छु यहाँ आउदा कम्पनीले भनछ नेपाल मा कति पैसा तिरिउ भनेर सोधेको थियोे हामीले 140000 नेपाली रुपैया तिरेउ जस्मा मेडिकल को लागि 5220 अभिमुखिकरण तालिम भनेर 750 पिसिआर को लागि 2500,पुलिस रिपोर्ट को लागि 1100र साथै कियुआरकोडको लागि 800अनि मेडिकल रिनु भनेर फेरि 5000 दिइयो 140000 बाहेक आते जाते होटल खर्च छोडेर झन्डै 20000 खर्च भयो 140000 आउन भनदा अघिल्लो दिन मेनपावर लाई टवइलेमा लगेर दिनु परेयो आखिरमा आउने बेला 10000 को बिल दिइयो भनेयो मात्रै 10 हजार मात्रै बुझाय भन्नू नत्र फेरि अफठेयो हुनछ भनेयो यहाँ कम्पनी ले भनछ सबै खर्च यहाँ बाट कम्पनी ले दियको हो किन यति धेरै पैसा दियौ भनछ नदिय मेनपावर ले पठाउनन यो वैदेशिक बिभाग कहिले सम्म यस्तो हरकत नेपाल मा हामी माथि 😭😭😭😭😭

  •  0 Reply
  • bhim bahaur khatri

    Oct. 16, 2022, 4:08 p.m.

    malaysia जाने हरु बाट ३ लाख सम्म असुली हुने गर्छ खडिको हकमा २लाख सम्म कहिलै जनताको पक्छ्य मा बिभागले कारबाही अनुगमन र कामकारबाही गरेको छ ? अभिभावक तथा कानुन र न्याय बिहिन नेपाली जनता दलालीमा सबै सामेल हुन्छन बिभागका कर्मचारी लाई नै मेनपावरले किन्ने गरेको कारण यस्तो उग्र ठगी दलाली झ्यांगिएको हो ! कानुन कागजमा सिमित फ्री भिजा फ्री टिकट त यो भन्ने कुरा मात्र हो , साच्चै जनताको पक्छ्यमा काम गर्छ बिभागले भने सिभिल ड्रेस मा सिआइडि खटाओस छड्के चेक गराओस नक्कली ग्राहक बनाएर मेनपावरमा हुने गरेको यथार्थ ठगी रंगेहात पर्कियोस सक्छ यो गर्न ? यदि मिलेमतो छैन र बिभाग जनमुखी न्याय प्रेमी छ भने जनताका छोराछोरी को पक्छ्यमा यो गर्ने छ

  •  0 Reply

तपाईको प्रतिक्रिया