जितिया पर्व आजदेखि सुरु

 असोज १५, २०७५ सोमबार १७:१३:३९ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – सन्तानको सुख शान्ति तथा चिरायुको कामनामा मिथिलानीहरुले साेमबार जितिया पर्व मनाउँदै छन् ।

गएको मंगलबारदेखि विधिवत रुपमा सुरु भएको जितिया पर्व बिहीबार समापन हुने छ । महिलाहरुले २४ देखि ३६ घण्टासम्म पानी समेत नखाई थुक पनि ननिल्ने हुनाले जितिया पर्वलाई महान एवं कठोर पर्व मानिन्छ ।

जितिया पर्वको मुख्य उद्देश्य मोक्ष प्रप्तिको कामनासँगै परिवारको कल्याण पनि रहेको मान्यता छ । मंगलबार नुहाएर घिउराको पातामा तेल खडी चढाएर महिलाहरुले आ–आफ्ना सन्तानको टाउकोमा लगाइदिन्छन् । त्यसपछि सधवा सुहागन महिलाहरु माछा एवम् कोदोको रोटी खाने गर्छन् भने विधवा महिलाहरु भात, चिउरा, कोदोको रोटी खाने परम्परा छ ।

शाकाहारी महिलाहरुले नजिकको पोखरी, इनार, ताल कुवामा स्नान गरी गम्हरी (कोसा भित्रै फल्ने धान) को खीर वा भात पनि खाने गरिन्छ । जितिया पर्वको एका विहानै महिलाहहरु आचमन शुद्धि गरेर घिरौलाका पातमा तेल लगाई त्यसमाथि पिनाको अर्घ दिने गर्दछन् । त्यसपछि दिन रात उपवासमा बस्ने हुनाले छाक भरी भोजन गर्ने चलन छ । 

यता बिहानपख बच्चाहरु बिउझेपछि रातिमा घिरौलाको पातमा चढाएको नैवेद्यय स्वरुपको चिउरा, दही फलफूलसहित प्रसादीको रुपमा खान दिन्छन् । पारनका दिन अर्थात अन्तिम दिन बिहानै ब्रतालु महिलाहरु नदी, पोखरी, इनार–ताल तलैयामा स्नान गरी घर फर्केर बेसारको पातमा चुडा, दही, फलफूल खान दिएर जितिवा पर्व विधिवत रुपमा सम्पन्न हुन्छ ।

जितिया पर्वको अवसरमा मिथिलामा धेरै जसो ठाउँहरुमा जितिया प्रतिमा राखेर पूजाआजासँगै विभिन्न सांस्कृतिक कार्यक्रहहरु समेत गर्ने गर्दछन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया