साउदीको पूर्वी क्षेत्रमा श्रमिकको समस्या समाधानका लागि दूतावासले खटायो छुट्टै कर्मचारी

 कात्तिक १, २०७९ मंगलबार ११:१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासले साउदीको पूर्वी क्षेत्रमा रहेका श्रमिकको समस्या समाधानका लागि छुट्टै दुई जना कर्मचारी खटाएको छ ।

दूतावासका अनुसार साउदीका स्थानीय नागरिक अब्दुल रहीम र नारायण पासवानलाई यो क्षेत्रमा श्रमिकका समस्या समाधानका लागि खटाएको हो । 

पछिल्लो समय त्यस क्षेत्रमा श्रमिकको समस्या बढ्दै गएपछि दूतावासले आइतबारदेखि एक जना स्थानीय कर्मचारीसमेत थप गरी दुई जना छुट्टै कर्मचारी खटाएको जनाएको छ ।

साउदीको दमाम, जुवेल, खल खोबर, खब्जी, अलहासा लगायतका पूर्वी क्षेत्रमा रहेका श्रमिकका समस्या समाधानका लागि दुवै कर्मचारीले काम गर्ने छन् । 

दूतावासले खटाएका कर्मचारीले साउदी सरकारी निकाय, श्रम कार्यालय, अध्यागमन कार्यालय, जेल, डिपोर्टेशन सेन्टर, अदालत, प्रहरी, सरकारी अस्पताल लगायतका निकायका साथै रोजगारदाता कम्पनीसँग आवश्यक सम्पर्क र समन्वय गरी श्रमिकको समस्या समाधानका लागि काम गर्ने छन् ।

यी क्षेत्रमा रहेका श्रमिकले कुनै समस्या या अप्ठेरो परेमा नारायण पासवानलाई ०५०००८१५३६ नम्बरमा र अब्दुल रहीमलाई ०५०००७४३८६ नम्बरमा सम्पर्क गर्न सकिने दूतावासले जानकारी दिएको छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया