श्रम तथा रोजगार कार्यालय ताहचलले तिहार बिदाको २ दिन सेवा प्रदान गर्ने

 कात्तिक ४, २०७९ शुक्रबार १४:३९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार कार्यालय ताहचलबाट तिहार बिदाको २  दिन सेवा प्रवाह हुने भएको छ ।

सरकारले कात्तिक ७ गतेदेखि १३ गतेसम्म तिहार बिदा दिए पनि कार्यालयले ७ गते र ८ गते सेवा प्रवाह गर्ने जनाएको छ । वैदेशिक रोजगारीमा जानेहरूको अन्तिम श्रम स्वीकृति प्रदान गर्ने निकाय भएकाले पनि सार्वजनिक बिदाको २ दिन सेवा प्रदान गर्ने र कात्तिक ९ गतेदेखि मात्र सेवा प्रवाह बन्द हुने कार्यालयले जनाएको छ ।

श्रम स्वीकृति सम्बन्धी सबै सेवा अनलाइनबाटै प्रवाह भए पनि बायोमेट्रिक नभएका श्रमिकहरू अहिले पनि श्रम स्वीकृति लिन कार्यालय नै पुग्न पर्छ । पुनः श्रम स्वीकृति सातै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयले प्रदान गरे पनि अनलाइनमार्फत नै प्रदान गर्ने भए पनि नयाँ श्रम स्वीकृति भने श्रम तथा रोजगार कार्यालय ताहचलले मात्र प्रदान गर्ने गर्छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया