यू १८ माहिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेश खेल्दै

 असोज १६, २०७५ मंगलबार ७:५२:० | उज्यालो सहकर्मी
unn.prixa.net

यू १८ माहिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेश खेल्दैछन् । 

दुवै टिम सेमिफाइनलमा पुगि सकेकाले आजको बिजयी हुने टिम समूह विजेता र पराजित हुने टिम उप विजेताका रुपमा सेमिफाइनलमा पुग्ने छ ।

पहिलो खेलमा नेपालले  पाकिस्तानलाई १२–० गोल अन्तरले पाराजित गर्दा बंगालदेशले पाकिस्तान माथि १७–० ले जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

गोल अन्तरका आधारमा बंगलादेश अगाडि रहेकाले आजको खेलमा विजयी हुने टिम समूह विजेताका रुपमा अगाडी बढ्ने छ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुने छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया