वनभोज खान गएका १ जनाको भेरी नदीमा डुबेर ज्यान गयाे, १ जना बेपत्ता

 कात्तिक ८, २०७९ मंगलबार १९:५१:८ | बालकुमार शर्मा
unn.prixa.net

फाइल तस्बिर

जाजरकाेट – भेरी नदीको किनारमा वनभोज खान गएका एक युवकको ज्यान गएकाे छ भने अर्का एक जना बेपत्ता भएका छन् । 

वनभोज खान गएका भेरी नगरपालिका–४ का २० वर्षीय रोशन खड्काको ज्यान गएकाे प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । भेरी नगरपालिका–३ का २६ वर्षीय विक्रान्त केसी भेरीमा बेपत्ता भएका छन् । नदीमा डुबेका वीरेन्द्र शाहीको भने उद्धार गरिएको निरौलाले बताउनुभयो । 

खड्का र शाही डुबेपछि उनीहरूलाई बचाउन गएका केसी बगेर बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

तिहारको अवसरमा केही दिनअघि सदरमुकाम खलङ्गामा फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । खसी बाजी जितेका युवाले आज भेरी नगरपालिका–११ मटेलामा रहेकाे भेरी किनारमा वनभोज आयोजना गरेका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया