श्रम कार्यालय बुटवल र पोखराबाट प्रदान हुन थाल्यो नयाँ श्रम स्वीकृति, पूर्व स्वीकृति र म्यानपावर अनुगमनको काम पनि हुने

 कात्तिक ११, २०७९ शुक्रबार ११:५८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – श्रम तथा रोजगार कार्यालय पोखरा र बुटवलबाट वैदेशिक रोजगारी सम्बन्धित थप सेवा प्रदान हुने भएको छ ।

यसअघि यी कार्यालयबाट पुनः श्रम स्वीकृति मात्रै प्रदान हुँदै आएकोमा अबदेखि नयाँ श्रम स्वीकृति प्रदान गर्नुका साथै व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जान चाहनेहरूको निवेदन लिने र श्रम स्वीकृति प्रदान गर्ने लगायतका काम गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । 

यसअघि धनगढी, सुर्खेत, पोखरा, जनकपुर र विराटनगरमा रहेका श्रम तथा रोजगार कार्यालयहरूले पुनः श्रम स्वीकृति प्रदान गर्ने काम गर्दै आएका थिए । वैदेशिक रोजगारीसँग सम्बन्धित अन्य सबै काम वैदेशिक रोजगार कार्यालय ताहचल र वैदेशिक रोजगार विभागबाट हुँदै आएको थियो ।

विभागका अनुसार अब भने वैदेशिक रोजगारीमा जाने व्यक्ति र यससँग सम्बन्धित सरोकारवालाको सहजताका लागि श्रम तथा रोजगार कार्यालय पोखरा र बुटवललाई वैदेशिक रोजगारीसँग सम्बन्धी थप काम गर्ने अधिकारसमेत प्रत्यायोजन गरिएको छ । 

विभागका अनुसार अब बुटवल र पोखरमा रहेका श्रम तथा रोजगार कार्यालय वैदेशिक रोजगारीमा कामदार पठाउन निश्चित सङ्ख्यामा माग निर्धारण गरी पूर्व स्वीकृतिका लागि प्राप्त निवेदन लिने र पूर्व स्वीकृति दिने काम हुनेछ । 

यस्तै ऐन अनुसार तोकिएको सङ्ख्या नबढ्ने गरी श्रम स्वीकृतिको स्टिकरको लागि निवेदन लिने र श्रम स्वीकृतिको स्टिकर दिने काम पनि यी कार्यालयले गर्ने छन् भने वैदेशिक रोजगारीको लागि व्यक्तिगत रूपमा विदेश जान चाहनेहरूको निवेदन लिने र व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्नेछन् ।

म्यानपावर कम्पनीले वैदेशिक रोजगार ऐन अनुसार विज्ञापन गरे नगरेको सम्बन्धमा नियमित अनुगमन गरी सत्य तथ्य बुझ्ने र म्यानपावर कम्पनीको शाखा कार्यालयहरूको अनुगमन तथा निरीक्षण गर्ने काम पनि यी दुई कार्यालयबाट हुन्छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया