एमालेको घोषणापत्रमा पाँच वर्षे ग्यारेण्टी : खेतबारीमा पानी, खाडीमा हैन स्वदेशमै जवानी र ५ लाखलाई रोजगारी

 कात्तिक १५, २०७९ मंगलबार १६:५४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेले मङ्गलवार सार्वजनिक गरेको आफ्नो चुनावी घोषणापत्रमा युवालाई खाडीमा नभई देशमै रोजगारी सृजनाको ग्यारेण्टी गरेको छ ।

‘२० ग्यारेण्टी पाँच वर्ष एमालेले गर्छ’ भन्दै घोषणा पत्रमा खेतबारीमा पानी खाडीमा हैन स्वदेशमै जवानी भनेर उल्लेख गरेको छ । यस्तै घोषणा पत्रमा प्रत्येक वर्ष ५ लाख रोजगारी सृजना गर्ने र न्यूनतम ज्याला २५ हजार पुर्‍याउने ग्यारेण्टी पनि गरिएको छ । 

काम रोजगारी र सामाजिक सुरक्षाको प्रबन्धबाट सबैका लागि काम र नियमित कमाइ सुनिश्चित गरिने र रोजगारी सृजना हुने क्षेत्रमा राज्यको लगानी बढाउने घोषणापत्रमा उल्लेख छ ।

रोजगारी र उद्यमशीलता उन्मुख स्वरोजगारीका लागि सीप, पुँजी र व्यावसायिक तालिम दिनेदेखि सुरुवाती व्यवसाय गर्न बिउ पुँजी उपलब्ध गराउने कुरा पनि एमालेले उल्लेख गरेको छ । हरेक वर्ष रोजगारी र स्वरोजगारी गरी वार्षिक ५ लाख रोजगारी सृजना गरिने र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रतिवर्ष तीन लाख परिवारलाई आयआर्जनमार्फत खाद्य सुरक्षा प्रदान गर्ने ग्यारेण्टी पनि घोषणापत्रमा गरिएको छ ।

नेकपा एमालेले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश  सभाको चुनावका लागि मङ्गलवार आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । २० ग्यारेण्टीसहित घोषणापत्र ल्याइएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया