राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्रमा रोजगारी :  बाध्यतावश देश छाड्न पर्दैन

 कात्तिक १७, २०७९ बिहिबार १४:३९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार सार्वजनिक गरेका आफ्नो घोषणापत्रमा रोजगारीका लागि बाध्यतावश देश छोड्न नपर्ने समाजको परिकल्पना गरेको छ ।

रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि बिहीबार आफ्नो चुनावी बाचा सार्वजनिक गर्दै ऋण उपलब्धता सहज बनाएर उद्यमशीलता प्रवर्द्धन गर्न विदेशबाट फर्केका नेपालीका लागि सबै वित्तीय संस्थाहरूले लगानी योग्य रकमको ५ प्रतिशत अनिवार्य रूपमा छुट्टाउन पर्ने व्यवस्था गर्ने बताएको छ । 

यस्तै प्रारम्भिक शेयरहरूमा लगानी गरेर भविष्यका लागि रकम बचत गर्ने विशेष अवसर स्वरूप विदेशमा रहेरै लगानी गर्ने नेपाली नागरिकका लागि १५ प्रतिशत शेयर अनिवार्य छुट्टाउने, विभिन्न देशहरूमा दक्षतामा आधारित सुरक्षित र उच्च पारिश्रमिक पाउने रोजगारीको खोजी गरिने कुरा पनि चुनावी बाचामा समावेश छ । 

वैदेशिक रोजगारीमा जान खोज्ने नेपालीको खर्चलाई न्यूनीकरण गर्दै निःशुल्क बनाउन सरकारले नै काम मिलाइदिने मञ्चको स्थापना गर्ने र भाषा सिक्न, अधिकारका बारेमा जानकारी लिन सक्ने एक बिन्दु सेवा सञ्चालन गर्ने र विदेशमा समस्यामा पर्दा श्रमिकले सम्पर्क गर्न सक्ने र उनीहरूको समस्या समाधानका लागि हटलाइन र द्रुत सहयोगका लागि एकीकृत संरचना बनाएर कूटनीतिक तहबाट अधिकार संरक्षण गर्ने कुरा घोषणापत्रमा  गरिएको छ ।  

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया