प्राधिकरण–आँखु खोलाबीच विद्युत खरीद सम्झौता

 असोज १६, २०७५ बुधबार ५:२५:१७ | रासस
unn.prixa.net

काठमाडौं - नेपाल विद्युत् प्राधिकरण र माथिल्लो आँखु खोला जलविद्युत् आयोजनाको प्रवर्द्धक धादिङ आँखु खोला हाइड्रो पावर लिमिटेडबीच विद्युत् खरीद सम्झौता भएको छ । 

सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवर्द्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणि चौलागाईले मंगलबार हस्ताक्षर गर्नुभयो । 

आयोजनाको कूल क्षमता ३८ मेगावाट रहेको छ भने लागत रु करीब आठ अर्ब रहेको छ । सम्झौताअनुसार हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ८० पैसा र बर्खामा चार रुपैयाँ ४० पैसामा विद्युत् खरीद गरिनेछ । आयोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

राजधानीको नजीक र पहुँचमार्गसमेत निर्माण भइसकेको उक्त आयोजनालाई आकर्षक आयोजनाका रुपमा लिइन्छ । 
 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया