काम छिटो गरिदिने भन्दै ईपीएस कोरिया शाखा परिसरमा ठगी गर्ने बढे

 कात्तिक २२, २०७९ मंगलबार १२:८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – तपाईँ रोजगारीका लागि ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जाने तयारीमा हुनुहुन्छ र भाषा परीक्षा पास गरी थप प्रक्रियाका लागि ईपीएस शाखामा आउँदै हुनुहुन्छ ? यदि आउँदै हुनुहुन्छ भने सचेत हुनुहोस् ।

शाखा कार्यालय परिसर भित्र तथा बाहिर शाखाबाट प्राप्त हुने सेवाका लागि आउने तपाईँलाई छिटो काम मिलाइदिन्छ भनी आफैं वा कर्मचारीहरूको नाममा रकम माग्ने र ठगी गर्ने क्रम बढेको छ । पछिल्लो समय ईपीएस कोरिया शाखाको कार्यालय परिसरमा काम छिटो गरिदिने र कर्मचारी चिनेको छु भन्दै रकम लिएर ठगी गर्ने गरेको भन्ने गुनासो बढेको छ ।

त्यसैले शाखा परिसरमा कसैले यस्ता प्रलोभन देखाएमा ठगीमा पर्नबाट बच्न र त्यस्तो सूचना शाखामा वा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा दिन शाखाले अनुरोध गरेको छ ।

शाखा परिसरमै हुन सक्ने यस्तो ठगी रोक्न अनुगमन र कारबाहीको काम भइरहेको पनि ईपीएस शाखाले जनाएको छ । पछिल्लो समय वैदेशिक रोजगारीको प्रक्रियाको काम धेरैजसो काम अनलाइनबाटै हुने गरेको छ ।

अनलाइनबाट हुने कामको नमुना शाखाको वेबसाइटमा राखिएको र अनलाइनबाट हुने काम पनि सम्बन्धित व्यक्तिलाई आफैंले गर्दा राम्रो हुन्छ ।

कोरोनाको कारण केही समय रोकिएको कोरिया रोजगारी २०७८ कात्तिकदेखि सुरु भएको थियो । त्यसयता गएको भदौको १५ गतेसम्ममा ८ हजार ८ सय ७० जना नेपाली रोजगारीका लागि कोरिया गइसकेका छन् । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया