रामेछापकाे दोरम्बा पर्यटकीय गाउँ घोषित, स्थानीय हर्षित

 असोज १७, २०७५ बुधबार १४:१:१३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – दोरम्बालाई जिल्लाकै पहिलो पर्यटकीय गन्तव्य गाउँ घोषणा गरेसँगै दोरम्बाका जनप्रतिनिधि लगायत स्थानीयहरु खुशीले गदगद् भएका छन् ।

दोरम्बा पर्यटन गन्तव्य बनेपछि गाउँमा पर्यटकहरु प्रशस्त मात्रामा भित्रने हुँदा गाउँमा आर्थिक लाभ सहजै लिन सकिने भएकाले दोरम्बावासीहरुमा खुशीयाली बढेको हो । यसअघि पनि दोरम्बा द्वन्द्कालीन घटनामा नेपाली सेनाले गरेको युद्धअपराध, ऐतिहासिक पुरातात्विक धरोहर र प्राकृतिक सुन्दरताले भरिपूर्ण भएकाले पनि चर्चामा आउने गरेको गियाे । 

द्वन्द्वकालीन घटना घटेको दोरम्बा डाँडामा अहिलेको सरकारले युद्धपर्यटनको क्षेत्रको रुपमा विकास गर्ने पहल गरेको छ । सरकारले युद्धपर्यटनको क्षेत्रको रुपमा काम गर्ने भएपछि स्थानीय जनप्रतिनिधिहरुले पर्यटन विकास र समृद्धिको लागि आवश्यक पूर्वाधार निर्माण गर्ने प्रतिवद्धता गर्दै पर्यटन विकास योजनालाई अघि सारेको छ । 

गाउँपालिकाले दोरम्बाको गुराँसे, सैलुङ तथा सानो सैलुङ लगायतका चार गाउँलाई पर्यटकीय गाउँको रुपमा विकास गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ ।

यसका लागि पालिकाले यसै आर्थिक वर्षमा केही बजेट विनियोजन गरी काम अघि वढाएको छ भने आउँदो वैशाखमा सैलुङ महोत्सवको आयोजना गरि थप आन्तरिक र बाह्य पर्यटकहरु समेत भित्रयाउने लक्ष्य गाउँपालिकाले अघि सारेको दोरम्बा गाउँपालिका प्रमुख कमानसिं तामाङले जानकारी दिन्भयो ।
 
उहाँले भन्नुभयो – ‘वास्तवमै दोरम्बा प्राकृतिक तथा भौगोलिक र सुन्दरताको हिसाबले भरिपूर्ण ठाउँ  हो । दोरम्बाबाट सहजै रोल्वालिङ हिमश्रृंखला तथा अन्नपूर्ण हिमश्रृंखलाको मनमोहक दृश्य कैद गर्न सकिने भएकाले पनि दोरम्बामा पर्यटकहरु भित्रन सक्ने विश्वास गाउँपालिकाले लिएको प्रमुख तामाङले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया