शिशु जन्माएर नहरमा बगाउने किशोरी सुधार गृहमा !

 असोज १७, २०७५ बुधबार १६:८:५२ | सन्तोष थापा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

पर्वत – अनैतिक सम्बन्धबाट शिशुको जन्म दिएर कुलोमा बगाएको अभियोगमा पर्वतको फलेवास नगरपालिका–१०, कुर्घाकी एक किशोरीलाई पर्वत जिल्ला अदालतले सुधार गृहमा पठाउने फैसला गरेको छ ।

पर्वत जिल्ला अदालतको असोज १५ गतेको फैसलाले १७ वर्षकी किशोरीलाई बाल सुधार गृह भक्तपुरमा पठाउने फैसला गरेको हो । गएको भदौ १८ गते सोमबार राति आफ्नै घरमा शिशुलाई जन्म दिएर पानीको नहरमा बगाएको आरोपमा बालिकासहित उनका २५ वर्षका प्रेमी मनबहादुर मल्ल पक्राउ परेका थिए ।

पर्वत जिल्ला अदालतका न्यायधीश सूर्यबहादुर थापाको इजलासले बालिकालाई सुधार गृहमा राख्ने आदेश दिएको हो भने प्रेमी मल्ललाई प्रहरीले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

नयाँ संहिता अनुसार १८ वर्ष उमेर नपुगेकालाई बालबालिकाको रुपमा राखेपछि किशोरीलाई सुधार गृह पठाउने आदेश जारी गरेका हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया