रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
रसुवा,– रसुवामा विद्युत महसुल नतिर्ने ४२ ग्राहक कालो सूचीमा परेका छन् । नेपाल विद्युत प्राधिकरणका अनुसार कालो सूचीमा पर्नेमा छवटा सरकारी कार्यालय छन् ।
चारवटा निजी फर्म र ३२ जना व्यक्तिलाई समेत कालो सूचीमा राखिएको बताइएको छ । देश संघीयतामा जानुपूर्व रहेका साविकका गाविसले महसुल नतिरेका केन्द्र प्रमुख कृष्णहरि दाहालले बताउनुभयो ।
‘तत्कालीन समयमा विद्युत महसुल नतिरेका गाविस कालो सूचीमा छन्, उनले भने, त्यो महसुल स्थानीय तहले चुक्ता गर्नुपर्छ ।’ कालो सूचीमा पर्नेमा २ सय ६५ रुपयाँदेखि ६८ हजार ९ सय ३२ रुपयाँ नतिर्नेसम्म रहेका उनले बताए । ४२ ग्राहकबाट २ लाख २० हजार १ सय ५७ रुपयाँ उठाउनुपर्ने छ ।
गएको वर्ष विद्युत महसुल नतिर्ने २ सय ३४ ग्राहकको लाइन काटिएको थियो । यो आर्थिक वर्षमा २७ ग्राहकको लाइन काटिएको केन्द्रले जनाएको छ । गएको वर्ष ९१ लाख २३ हजार रुपयाँ उठाउन बाँकी थियो । आर्थिक वर्ष २०७४÷७५ को पहिलो दुई महिनामा १६ लाख ३२ हजार बक्यौता उठेको छ ।
प्राधिकरणले अब ७४ लाख ८१ हजार उठाउन बाँकी छ । दुई महिनासम्म विद्युत महसुल नतिर्ने ग्राहकको अस्थायी रूपमा लाइन काटिने गरेको छ । लाइन काटिएको ६ महिनासम्म पनि महसुल नबुझाएमा ग्राहकलाई कालो सूचीमा राख्ने गरिएको छ ।
गएको वर्ष २ सय २० वटा लाइन जोडिएको केन्द्रले जनाएको छ । एक वर्षमा पाँचवटा ट्रान्सफर्मर जलेको छ । केही स्थानमा विद्युत चुहावट भइरहेको छ । मासिक रूपमा ९.०५ प्रतिशत विद्युत चुहावट भइरहेको भए पनि नियन्त्रण गर्न नसकिएको बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।