यौन दुर्व्यवहारको अभियोगमा इलाम अस्पतालका स्वास्थ्यकर्मी पक्राउ

 असोज १७, २०७५ बुधबार २१:१९:४० | सुजता सुनुवार

इलाम – यौन दुर्व्यवहारको अभियोगमा इलाम अस्पतालका एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । 

बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा जिल्ला अस्पताल इलामको आँखा उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी दिपक सुवेदी पक्राउ परेका हुन् । 

नवलपरासी घर भइ इलाम अस्पतालको आँखा उपचार केन्द्रमा कार्यरत सुवेदीलाई इलाम नगरपालिकाकी १७ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरिएको  हो । 

पीडितको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया