अछाममा झन्डै ५५ प्रतिशत मत खस्याे

 मंसिर ४, २०७९ आइतबार १८:३२:२८ | चन्द्र थापा
unn.prixa.net

अछाम – अछाममा झन्डै ५५ प्रतिशत मत खसेकाे छ । दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अछाममा झन्डै ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत पीताम्बर शर्माले जानकारी दिनुभयो ।

जिल्लाका क्षेत्र नम्बर १ का एक सय तीन वटा मतदान केन्द्र र क्षेत्र नम्बर २ का एक सय पाँच वटा मतदान केन्द्र तथा तीन वटा अस्थायी मतदान केन्द्रमा छिटफुट घटनाबाहेक शान्तिपूर्णरूपमा मतदान भएको उहाँले बताउनुभयाे । अछाममा यस चुनावमा एक लाख ५८ हजार छ सय ५७ जना मतदाता रहेका छन् ।

अहिले कर्मचारी मतपेटिका सिल गरी मतदान अधिकृतकाे कार्यालयमा फर्किने क्रममा रहेका छन् । आफ्नाे मतदान केन्द्रबाट मतपेटिका लिएर फर्किने क्रममा रहेकाे अछाम क्षेत्र नम्बर २ मा रहेको गंगा मावि मतदान केन्द्रका मतदान अधिकृत भीमबहादुर सिंहले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया