बैतडीमा ५ हजारले स्वास्थ्य बीमा गरे

 जेठ २३, २०७५ बुधबार २०:१८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

बैतडी – सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बैतडीमा हालसम्म  १ हजार ८० परिवार आवद्ध भएका छन् । 

स्वास्थ्य बीमामा आवद्ध परिवारका  ५ हजार बढी व्यक्तिले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड बैतडीमा दर्ता अधिकारी विष्णुदत्त जोशीका अनुसार ५ हजार ३६३ जना स्वास्थ्य बीमामा आवद्ध रहेका छन् । 

बैतडीमा  २०७३ पौष ७ गते सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमवाट हालसम्म ३० लाख २० हजार ७६५ रुपैयाँ उठेको उहाँले बताउनुभयो । स्वास्थ्य बीमा गरेबापत १ हजार २ सय १५ जनाले अहिलेसम्म सेवा तथा उपचार लिएको स्वास्थ्य बीमा बोर्ड बैतडीले जनाएको छ । बैतडीमा हाल पनि स्वास्थ्य बीमा कार्यक्रम  चलिरहेको छ ।  

जिल्लाका १० स्थानीय तहका ८४ वडा ८६ जना दर्ता सहयोगी परिचालन गरिएको छ । स्वास्थ्य बीमामा आवद्ध हुनका लागि प्रति ५ जनाको परिवारको लागि २ हजार ५ सय रुपैयाँ शुल्क लाग्नेछ ।

५ जनाभन्दा बढी परिवारका सदस्य भए प्रतिसदस्य ४२५ रुपैयाँ थप शुल्क लाग्नेछ ।  स्वास्थ बीमामा आवद्ध भैसकेपछि एक वर्षसम्म निःशुल्क रुपमा ५० हजारसम्मको उपचार गर्न पाउने जनाइएको छ  । 

थुप्रै चुनौती र समस्याका बीच पनि स्वास्थ्य बीमा कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको स्वास्थ्य बीमा बोर्ड बैतडीका दर्ता अधिकारी जोशीको भनाई रहेको छ ।

स्थानीय नागरिकमा स्वास्थ्यप्रति भएको जनचेतनाको कमी, भौगोलिक कठिनाई, अति गरिबलाई निःशुल्क स्वास्थ्य बीमामा सहभागी  गराउने भनिए पनि गरिबी परिचयपत्र वितरण हुन नसकेकोले कार्यक्रम  प्रभावकारी रुपमा अगाडि बढाउन कठिन भएको उहाँले बताउनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • CARDug

    July 13, 2018, 7:39 p.m.

    Politics in USA today. We n we publish all of them current and topical events USA, analytics experts. All evil on this planet exists with the quiet tacit consent of the indifferent. No one provides us with incentives. We are Enthusiasts. We are building a civil society. The people are the bearer of sovereignty and the only source of power. No one can usurp power. Useful topics - Politics <a href=http://www.car.remmont.com>Papua-new-guinea Finance</a>

  •  0 Reply

तपाईको प्रतिक्रिया