एनसेल रिचार्ज एण्ड विन‍ अफरका चौथो हप्ताका विजेतालार्इ पुरस्कार वितरण

 असोज १८, २०७५ बिहिबार २०:२६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - एनसेल प्रालिले ‘रिचार्ज एण्ड विन’ अफर अन्तरगत चौथो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

गएकाे भदाै १७ गतेबाट शुरु भएको यो अफर अन्तर्गत चौथो हप्ताका विजेताहरु मंगलबार एपी वान टेलिभिजनमा गरिएको लाइभ ड्र कार्यक्रम मार्फत छानिएका हुन् ।
 
चौथो हप्ताका भाग्यशाली पाँच विजेता ग्राहकहरुले बिहीबार (असोज १८ गते) जनही नगद रु एक लाख पुरस्कार पाएका छन् । 
 
एनसेलका मानव संशाधन निर्देशक युवराज श्रीवास्तवले बिहबार काठमाडौंमा आयोजित एक कार्यक्रममा चौथोे हप्ताका पाँच विजयीहरु – सल्यानकी सुमित्रा डाङ्गी,  सर्लाहीका राकेश साह,झापाका शिव खत्री, मकवापुरका दिनेश गमाल र मकवापुरकै सुरज कुमार बरुवाललाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार हस्तान्तरण गर्नुभयाे ।
 
चौथोे हप्तासम्ममा ४० जना भाग्यशाली विजेताहरुले जनही रु एक लाख जित्न सफल भएका छन् । अफर अन्तरगत बाँकी ६ हप्तामा थप ६० पुरस्कार विजेताहरु छानिने बताइएकाे छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया