‘सुन तस्करीमा ठूला माछा पनि पक्राउ पर्छन्' : मन्त्री थापा

 जेठ २४, २०७५ बिहिबार ७:४८:३८ | रासस
unn.prixa.net

काठमाडाैं – गृहमन्त्री रामबहादुर थापाले सुुन तस्करी प्रकरणमा अब ठूला कारोवारी पनि पक्राउ पर्ने बताउनु भएको छ । 

थापाले आफू गृहमन्त्री भएपछि कार्यभार सम्हालेको एक सय दिनमा यातायात सम्बद्द समितिको दर्ता र नवीकरण रोक्ने निर्णय गरी लामो समयदेखि यातायातका क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्ने, ३३ किलो सुन काण्डमा छानवीन समितिमार्फत तस्करीको जालो तोड्ने तथा वैदेशिक रोजगारमा ठगीमा संलग्न ठूलो गिरोह पक्राउ गर्ने जस्ता उल्लेखनीय कार्य  भएको बताउनु भएको छ । 

उहाँले भन्नुभयो, “सुन तस्करीका भुरा माछा र मझौला माछा पक्राउ परेका छन्, अब ठूला माछा पनि पक्राउ पर्दैछन् ।” सरकारले लिएको विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न भ्रष्टाचार, तस्करी र  अनियमितताको जरैदेखि अन्त्य गर्ने अभियानमा मन्त्रालयले सक्रिय रुपमा काम गरिरहेको उहाँको भनाइ थियो । उहाँले सुशासन कायम गर्न विद्यमान तस्करी, आपराधिक घटना र गतिविधि निस्तेज गर्न लक्ष्यसहित ८२ बुँदे गृह प्रशासन सुधार योजना बनाउनाका साथै ३७ बुँदे निर्देशन सबै जिल्ला प्रशासन कार्यालयमा पठाइएको जानकारी दिँदै यसै अनुसार काम अघि बढिरहेको पनि प्रतिक्रिया दिनुभयो ।

 

यस्तै उहाँले निर्माणमा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने ठेकेदालाई भौतिक पूर्वाधार मन्त्रालय, शहरी विकास मन्त्रालयलगायत नियकायसँगको समन्वयमा कारवाही अघि बढाइएको पनि बताउनुभयो । जतिसुकै शक्तिशाली ठेकेदार भए पनि उसलाई कारवाहीको दायरामा ल्याएर छाड्ने दृढता मन्त्री थापाले गर्नुभयो । 


 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया