यू–१८ महिला च्याम्पियनसिप : फाइनल प्रवेशका लागि आज नेपाल र भारत खेल्दै

 असोज १९, २०७५ शुक्रबार ८:२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

भुटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत फाइनल प्रवेशका लागि आज नेपाल भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

राजधानी थिम्पुस्थित चाङलिमिङ्थान मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसाे सवा तीन बजे हुनेछ । समूह चरणमा नेपालले पाकिस्तानलाई १२–० को अन्तरले पराजित गरेको थियो ।

बंगलादेशसँग २–१ को पराजय भोग्दै नेपाल समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । समूह एको विजेता बन्दा भारतले भुटानलाई ४–० ले र माल्दिभ्सलाई ८–० ले हराएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया