१० हजारभन्दा धेरै मतान्तरसहित धादिङ २ मा कांग्रेसका अधिकारी विजयी

 मंसिर ८, २०७९ बिहिबार १६:१८:२ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी १० हजार ५ सय ३३ मतान्तरसहित विजयी हुनुभएकाे छ । 

कांग्रेसका अधिकारीले ३४ हजार ४ सय ८३ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार खेम लाेहनीले २३ हजार ९ सय ५० मत प्राप्त गर्नुभयाे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वसुमाया तामाङले ५ हजार ५ सय २५ मत प्राप्त गर्नुभयाे । 

धादिङ क्षेत्र नम्बर २ मा १ लाख ३३ हजार ६ सय ४२ मतदाता रहेकामा ६७ हजार ६ सय १ जनाले मतदान गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया